फटाफट सम्वाददाता

बिराटनगर । नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनको अवसरमा आज सोमबार १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगरले ६७ औं प्रहरी दिवस सम्पन्न गरेको हो ।

 प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रमुख अतिथि १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की उपस्थीतिमा अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गरे ।

घरपरिवारबाट टाढा रहेर रातदिन खट्ने प्रहरी जवानको पारिश्रमिक रु २६ हजार ८२ मात्र रहेको छ । यो उनीहरुको परिश्रमको आधारमा न्यून हो । 

विशेष समारोहलाई सम्बोधनको क्रममा आन्तरिक तथा कानून मन्त्री कार्कीले नेपाल प्रहरी अपराधको संजाल र अवाञ्छित गतिबिधि निस्जेत गर्न दृढ संक्ल्पित रहेको चर्चा गरे । हालको परिस्थिथिको कुनै पनि प्रवाह नगरि संगठनका प्रत्येक सदस्यहरु पेशागत कर्तव्य पालनामा अझ उच्च मनोबलका साथ कार्य सम्पादनमा खटिने उनले उल्लेख गरे । सोही अवसरमा बोल्दै प्रदेश प्रहरी कार्यलय बिराटनगरका बरिष्ठ प्रहरी उपरिक्षक जयराज  सापकोटाले अन्य क्षेत्रमा भन्दा फौजीको काम कठिन नै हुने बताउछन् । यहाँ काम गर्दा पर्ने हरेक समस्यालाई सहजताका साथ लिन सके हरेक काम गर्न सकिने उहाँले बताउनु भयो । कुनै पनि फैजमा बाहिर देखेभन्दा कठिन हुने उहाँको भनाई छ । घाम–पानी घर–परिवार नभनि देश र समाजको सुरक्षामा खटिन गर्वको कुरा भए पनि यहाँ काम गर्दा आईपर्ने समस्या बाहिरकाले बुझ्न कठिन हुने उहाँले बताउनु भयो । उहाँले भन्नु भयो “२४ घण्टा कार्यक्षेत्रमा खटिनु पर्दा पटिलता कति हुन्छ ?”यसलाई उचित व्यवस्थापन गरेर अघि बढाउनु पर्ने उहाँको भनाई छ । व्यवस्थापन गर्नसके प्रहरी पेशा रोम्रो रहेको उहाँले बताउनु भयो । 

IMG_9285

आयोजित कार्यक्रममा वीरगती प्राप्त गर्नु हुने अमर प्रहरीका परिवारलाई नगद तथा कदर पत्रद्धारा सम्मान गर्नुका साथै नयाँ भवन निर्माणार्थ निःशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादाताहरुलाई कदर पत्रले सम्मान गरिएको थियो ।

दिवसका अवसरमा खेलकुद,स्वास्थ्य शिविर,रक्तदान, सार्वजनिक स्थल सरसफई लगायत विविध कार्यक्रम गर्दै ६७ औं प्रहरी दिवस सम्पन्न गरेको छ ।