बेलबारी । बेलबारीमा ‘बेलबारी नगरको पहिचान, क्रिकेट विकासमा हाम्रो ध्यान ’ भन्ने मुल नाराका साथ आगामी मंसिर १० गते देखि ‘प्रथम बेलबारी प्रिमियर लिग–२०७९ ’ बेलबारी क्रिकेट क्लबको आयोजनामा हुने भएको छ। आज बेलबारीमा रहेको मतका चिया तथा थकालीमा पत्रकार सम्मेलन गरि बेलबारी क्रिकेट क्लबका अध्यक्ष बिपिन आचार्यले जानकारी दिएका छन्। उक्त प्रतियोगिता बेलबारी नगरपालिका वडा न ४ मा रहेको वेतना युनाइटेडको खेलमैदानमा हुने पत्रकार सम्मेलन मा जानकारी दिएका छन्।
बेलबारी नगर भित्रका ६ वटा विभिन्न संघसस्था, कम्पनी, उधोगलाई कर्पोरेट पार्टनरका रुपमा छनौट गरी नगरका विभिन्न वडामा रहेका क्रिकेट खेलाडिहरुलाई उक्त ६ वटा कर्पोरेट टिममा समावेश गरी प्रतियोगिता आयोजना गरिने आयोजक ले जानकारी दिएका छन्।
बेलबारी क्रिकेट क्लबको आयोजनामा २०७३ सालमा ‘प्रथम एीइ पुर्वाञ्चल स्तरीय टि–२० क्रिकेट प्रतियोगिता २०७३’ भव्यताका साथ सुसम्पन्न भई सकी यस बिचमा क्लबले सँगालेको अनुभव,बोध गर्दै आएको जिम्मेवारी र क्रिकेट खेलप्रतिको आम मानिसको बढ्दो आकर्षणलाई समेत ध्यान दिँदै बेलबारीमा अझै प्रतिष्ठित अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरी बेलबारीको नाम प्रदेश तथा राष्ट्रिय स्तर सम्म पुर्याउने, खेल र खेलाडीको क्षमता विकास गर्दै ुप्रथम बेलबारी प्रिमियर लिग–२०७९ु प्रतियोगिता गर्न लागिएको आयोजक ले जानकारी दिएको छ। प्रतियोगिता मा पहिलो हुने टिम ले नगत रु ५५,५५५ र सिल ट्रफी दोस्रो हुने ले रु ३१,१११ सिल ट्रफी सर्वोत्कृष्ट खेलाडी रु ५,५५५ उत्कृष्ट ब्याट्समेन रु ३,३३३ ,उत्कृष्ट बलर रु ३,३३३, उत्कृष्ट विकेट किपर रु ३,३३३, उदयमान खेलाडी रु ५,५५५ र म्यान अफ दि म्याच ९१५÷रु ११११० रु १६,६६५ पाउने छन्।