चन्द्र पौडेल

बेलबारी । नेपालीहरुको महान पर्व दशैं तथा तिहारमा पहिले राखिने लिङ्गे पिङ हिजो आज हराउदै गएको छ । केही वर्ष अघिसम्म दशैँ तिहार जस्ता चाडपर्वमा प्रायस् गाँउटोल र शहरका खुल्ला ठाउँहरुमा देखिने लिङ्गे पिङ पछिल्लो समय लिङ्गे पिङको चलन हराउदै गएको हो । 

पिङको लुठो बाटेर बाँसको ४ वा ६ ओटा लिङ्गा गाडेर बनाउने पिङ दशैँको सुरुवातदेखि हालेर तिहार सम्मै राखिन्थ्यो तर गाउँघरका युवाहरु रोजगारीको सिलसिलामा गाउँबाट बाहिर देशहरुमा जान थालेसँगै दशैंमा रौनक थप्ने लिङ्गे पिङ खेल्ने संस्कृति हराउँदै गएको हो ।

“दशैंका बेला सबै जम्मा भएर सामुहिक लिङ्गे पिङ खेल्ने, रमाईलो गर्ने परम्परा हराउँदै गएको स्थानीय युवा तेज बहादुर खत्रीले बताए ।”  वर्षमा एक दिन धर्ती छोड्नै पर्ने परम्परागत नियम रहेको तर पछिल्लो समय बढ्दो प्रविधिको आगमनले यस्ता पौराणीक कला,सस्कृतिहरु लोप हुदै गएको छ । विशेष गरि युवा पुस्ताले लिङे पिङ निर्माण गरेर खेल्ने र रमाईलो गर्ने चलन थियो, अहिलेको पुस्ताले यस्ता कुरामा खासै चासो नदिने नन्दराज नेपालको भनाई छ । पछिल्लो समय प्रविधिको विकास भएसँगै गाउँघरमा समेत मनोरञ्जनका अन्य साधनहरु प्रसस्तै आएकाले पनि पिङतर्फ आकषर्ण घटेको बुढापाकाहरु बताउदछन् । 

पिङ बनाउनको लागि लुठो बाट्न ४ देखि ६ जना र बासँ गाड्न कम्तिमा १०र१२ जना मानिस आवश्यक पर्दछ । गाउँमा युवा पुस्ताको अभावले महान चाड बडा दशैं र तिहारमा निमार्ण गरि खेल्ने लिङ्गे पिङको प्रचलन बिस्तारै हराउँदै गएको छ