नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले कुनै सरकारी सुविधा नलिने घोषणा गरेका छन्। उनले आफ्नो नामको तलबभत्ता शहीदहरूको सहयोग कोषमा राख्ने उल्लेख गरेका छन्।

सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षाकर्मीबाहेक अन्य कुनै सुविधान नलिने घोषणा उनले गरेका हुन्। पदभार ग्रहण गर्दै उनले भ्रष्टाचारविरुद्ध आफूले शून्य सहनशीलता अपनाउने बताए।

शून्य सहनशीलता अपनाइने छ। भ्रष्टाचार नियन्त्रण मुख्य मात्र हो। यसलाई निर्मुल गर्नुपर्छ,’ उनले भने, ‘अनियमितता र भ्रष्टाचार गरेको भेटियो भने कारबाही गर्छौं। भ्रष्टाचार नियन्त्रण मेरो जीवन–मरणको विषय हो।’

उनले आफ्नो पारदर्शितामा कुनै प्रश्न आयो भने सिधा आफैंलाई सम्पर्क गर्ने उनले अनुरोध गरेका छन्। उनले सही मान्छे सही ठाउँमा राख्ने आफ्नो नीति रहेकाले यसमा कुनै सम्झौता नगर्ने बताए।