प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले अपराधीले मात्र प्रहरीलाई विस्थापित गर्न खोज्ने बताएका छन्।
सोमबार नेपाल प्रहरीको फेसबुक पेजमार्फत एक सन्देश जारी गर्दै आईजीपी खापुङले भनेका छन्, ‘‘प्रहरीलाई विस्थापित गर्न खोज्ने अपराधी मात्रै हुन् भन्ने हाम्रो विश्वसमा थप दृढता बढेको छ।’’
‘जेनजी’को प्रदर्शनका क्रममा प्रहरीका कार्यालय, सवारीसाधन र पोसाक समेत जलाइएका कारण नियमित काममा फर्कन असहज भएको उनले उल्लेख गरेका छन्।
प्रदर्शनपछि भने प्रहरी कार्यालय निर्माणमा समुदायबाट पाएको सहयोग र सद्भावले प्रहरीको मनोबल उच्च हुँदै गएको उनले बताएका छन्। सहयोग गर्ने समुदायप्रति उनले आभार व्यक्त गरेका छन्।