बेलबारि । खेलकुदका लागि स्वास्थ्य ,स्वास्थ्यका लागि खुल्कुद भन्ने नारालाइ सार्थकता दिदै फुटबलखेलको आयोजना गरिएको छ।मिट भेट्रन बेलबारी वडा नम्बर १० को आयोजनामा भाउन्ने रंगशालाको प्राङ्गणमा इटहरी भेट्रान क्लब र बेतना भेट्रान क्लब तथा भाउने भेट्रान क्लब र लेटांग भेट्रान क्लब को खेल सम्पन्न भएको छ ।
आजको पहिलो खेल मा इटहरी भेट्रान क्लबसंग २-० गोलले बेतना भेट्रान क्लब पराजित भएको छ । दोस्रो हापको ४ मिनेटमा इटहरी भेट्रान क्लबका जर्सी न २३ का मान बहादुर तामांगले पहिलो गोल गर्न सफल भएका थिए ।त्यस्तै दोस्रो हापको १७ मिनेटमा इटहरी भेट्रान क्लबका जर्सी न १२ का गोबिन्द बस्नेत ले टहरी भेट्रान क्लबका लागि दोस्रो गोल गर्न सफल भएका थिए । दोस्रो हापकै १९ मिनेटमा इटहरी भेट्रान क्लबकै पहिलो गोल गर्ने जर्सी न २३ का मान बहादुर तामांगले दोस्रो गोल गरेर क्लबका लागि तेस्रो गोल बनाएर बेतना भेट्रान क्लबसंग बिजयी भएको छ । आज को पहिलो खेलको म्यान अफ दि म्याच इटहरी भेट्रान क्लबका जर्सी न २३ का मान बहादुर तामांगले १००० रकम र मेडल हात पारे ।
आजकै दोस्रो खेल भाउने भेट्रान क्लब र लेटांग भेट्रान क्लब को खेल सम्पन्न भएको छ । दोस्रो खेलमा भाउने भेट्रान क्लबसंग लेटांग भेट्रान क्लब ५-२ ले पराजित भएको छ । भाउने भेट्रान क्लबका लागि जर्सी न ८ का निशान लिम्बुले २ गोल , जर्सी ७ का भक्त भण्डारी ले २ गोल र जर्सी न ३ का सुजन याक्खा ले १ गोल गरि भाउने भेट्रान क्लब का लागि ५ गोल गरेका छन् । त्यस्तै लेटांग भेट्रान क्लबका लागि जर्सी न ९ का रमेश गुरुङ ले १ गोल र जर्सी न ८ का प्रकास थापाले १ गोल गरेर लेटांग भेट्रान क्लबका लागि २ गोल गर्न सफल भएका थिए । दोस्रो खेलमा भाउने भेट्रान क्लबका जर्सी न ७का भक्त लिम्बु ले म्यान अफ दि म्याच पाएका छन् र उनले १००० रकम र मेडल हात पारे ।
प्रथम पुरकार रु ४००००, दोस्रो पुरस्कार रु २०००० हजार र म्यान अफ द म्याचलाई रु १००० रुपैया रहने गरि आयोजना गरिएको प्रतियोगितामा पथरी फुत्बल क्लब , लक्ष्मीमार्ग फुटबल क्लब , इटहरी फुटबल क्लब , बेतना फुटबल क्लब , भाउन्ने फुटबल क्लब , लेटाङ फुटबल क्लब , जहदा फुटबल क्लब , उर्लाबारी फुटबल क्लब गरि ८ टिमको सहभागी रहेको थियो ।
उक्त फुटबल प्रतियोगितामा सुन्दरहरैचा नगरपालिका वडा नम्बर १२ का पुर्ब खेलाडी सुरज श्रेष्ठ , पथरी शनिश्चरे नगरपालिकाका तरुणदल सदस्य सुजन बस्नेत, पथरी सनिश्चरे नगरपालिकाका युवा समाजसेवी मदन धिमाल , युवा खेलाडी डेनिस राई,मोरङ जिल्ला फुटबल सघ सदस्य विशाल तामाङ , समाजसेवी युवा मिनराज राई लगाएतको उपस्थिती रहेको थियो।
प्रतियोगिता ८ गते देखि १२ गते सम्म हुने कार्यक्रमका सयोजक मदन मुखिया ९जोनि०ले जानकारी दिएका थिए ।