बाँके  ।  कोहलपुर नगरपालिका-१२ रोहिनी खोलास्थित सडकबाट  करिब ८० ग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३० वर्षीय मुन्ना भन्ने जगत केसीलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट भे.१२ प २९० नम्बरको स्कुटर समेत प्रहरीले बरामद गरेको छ । 

रूपन्देही, बुटवल उपमहानगरपालिका-१९ मोतिपुर बस्ने २० वर्षीय शुसिल थापा र सियारी गाउँपालिका-६ घर भएका २८ वर्षीय बाला गिरीलाई करिब १ ग्राम ७० मिलिग्राम अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ र नगद ६ हजार ५ सय रूपैयाँ सहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागुऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ औद्योगिक क्षेत्रबाट करिब ५ सय ग्राम अवैध लागुऔषध गाँजा र नियन्त्रित लागुऔषध अनरेक्स ३६ बोतल सहित सोही उपमहानगरपालिका-२ पिपलबोट बस्ने २६ वर्षीय निमेश कटुवाललाई  प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

जुम्ला, चन्दननाथ नगरपालिका-५ राजासिमस्थित सडकबाट करिब ५ सय २० मिलिग्राम अवैध लागुऔषध चरेश जस्तो देखिने पदार्थ सहित तातोपानी गाउँपालिका-५ बस्ने १९ वर्षीय टेकेन्द्र नेपालीलाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनले उक्त लागुऔषध तिला गाउँपालिका-७ बस्ने ३१ वर्षीय हरि बहादुर रोकायाको पसलबाट ल्याएको खुल्न आएपछि प्रहरीले हरि बहादुरको पसल तलासी गर्दा थप १५ ग्राम ५ सय मिलिग्राम चरेश जस्तो देखिने पदार्थ फेला पारी उनलाई समेत पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।