ताजा अपडेट
एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवद्र्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने उद्देश्य ऊर्जा मन्त्रालयका छ महिनाका उपलब्धि सार्वजनिक, ऊर्जा उत्पादनदेखि बाढी पूर्वसूचनासम्मका काममा प्रगति कांग्रेसमाथि धावा बोल्नेलाई ठेगान लगाउने मान्छे मै हुँ : मोहन बस्नेत प्रस्तावित राजदूत थापाको स्पष्टीकरण : 'जापानको पीआर त्यागिसकेको छु, छोराछोरी नेपाली नागरिक नै हुन्' सामाजिक सञ्जालमा आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा एक जना पक्राउ प्रदेश प्रहरी र प्रशासनिक संरचना हस्तान्तरण गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरूको माग १ लाख ३० हजार १२९ यात्रुले लिए दशैंका लागि अग्रिम टिकट प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन उदयपुरमा लाइन जोड्ने क्रममा करेन्ट लागेर ६५ वर्षीय चौधरीको निधन सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित
शिक्षा

उर्लाबारीका ८ वटा सामुदायिक विध्यालयमा शैक्षिक सुधारको योजना पर्‍यो

सेयर गर्नुहोस्
alt

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका ८ वटा सामुदायिक विध्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका २ वटा योजना परेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत स्थानियतहका विध्यालयहरुको भौतिक र शैक्षिक अवस्थाको सुधार र गुणस्तर बृद्धिका लागि माग भएका विध्यालयहरु मध्येबाट मोरङको उर्लाबारीका ८ वटा विध्यालयहरु पर्न सफल भएका छन् ।

कार्यक्रमले विध्यालयको भौतिक विकास र शिक्षण सिकाईमा प्रविधिको प्रयोगका बारेमा गुणस्तर अभिबृद्धि गर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

भौतिक विकासको योजना पर्ने विध्यालयहरुमा लक्ष्मी मावि उर्लाबारी-८ मा ४ कोठे भवन निर्माणका लागि ३६ लाख यस्तै सार्वजनिक मावि उर्लाबारी-९ को २ कोठे भवन निर्माणका लागि १८ लाख, शारदा मावि उर्लाबारी-१ को ४ कोठे भवन निर्माणका लागि ३६ लाख र शान्ति आधारभुत विध्यालय उर्लाबारी-२ को ४ कोठे भवन निर्माणका लागि ३६ लाख रुपैया गरी भवन निर्माणमा १ करोड २६ लाख र विध्यालयको शिक्षण शिकाईमा प्रविधिको प्रयोगमा २६ लाख गरी कुल १ करोड ५२ लाख बराबरको योजना परेको छ ।

शिक्षण शिकाईमा प्रविधिको प्रयोगमा योजना पर्ने विध्यालयहरुमा उर्लाबारी-४ को सृजना आधारभुत विध्यालय, उर्लाबारी-१ को नुनसरी आधारभुत विध्यालय, उर्लाबारी-२ को सरस्वती मावि र उर्लाबारी-३ को दुर्गामाविमा ६ लाख ५० हजारका दरले २६ लाख बराबरको योजना परेको नगरपालिकाले जनाएको छ ।

गत पुष महिनामा उर्लाबारी नगरपालिका भरिका विध्यालयहरु मध्येबाट छनौट भएका १२ विध्यालयलाई नगरपालिकाले कार्यक्रममा समावेश गराउन पठाएको थियो त्यसमध्ये हाल पालिकाका ८ वटा विध्लयालयमा योजना पर्न सफल भएको नगर प्रमुख खड्ग फागोले बताए । साथै उनले कार्यक्रमले उर्लाबारीका विध्यालयहरुको भौतिक अवस्थामा सुधार आउनुका साथै शैक्षिक गुणस्तरमा  समेत सुधार पुग्ने अपेक्षा रहेको बताए ।

    

    प्रतिक्रिया

    हाम्रो बारेमा

    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९

    सम्पर्क

    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४
    • +977 ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज