उर्लाबारीका ८ वटा सामुदायिक विध्यालयमा शैक्षिक सुधारको योजना पर्‍यो
alt
  • चैत २४, २०७८ / फटाफट नेपाल

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका ८ वटा सामुदायिक विध्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका २ वटा योजना परेका छन् ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत स्थानियतहका विध्यालयहरुको भौतिक र शैक्षिक अवस्थाको सुधार र गुणस्तर बृद्धिका लागि माग भएका विध्यालयहरु मध्येबाट मोरङको उर्लाबारीका ८ वटा विध्यालयहरु पर्न सफल भएका छन् ।

कार्यक्रमले विध्यालयको भौतिक विकास र शिक्षण सिकाईमा प्रविधिको प्रयोगका बारेमा गुणस्तर अभिबृद्धि गर्ने नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

भौतिक विकासको योजना पर्ने विध्यालयहरुमा लक्ष्मी मावि उर्लाबारी-८ मा ४ कोठे भवन निर्माणका लागि ३६ लाख यस्तै सार्वजनिक मावि उर्लाबारी-९ को २ कोठे भवन निर्माणका लागि १८ लाख, शारदा मावि उर्लाबारी-१ को ४ कोठे भवन निर्माणका लागि ३६ लाख र शान्ति आधारभुत विध्यालय उर्लाबारी-२ को ४ कोठे भवन निर्माणका लागि ३६ लाख रुपैया गरी भवन निर्माणमा १ करोड २६ लाख र विध्यालयको शिक्षण शिकाईमा प्रविधिको प्रयोगमा २६ लाख गरी कुल १ करोड ५२ लाख बराबरको योजना परेको छ ।

शिक्षण शिकाईमा प्रविधिको प्रयोगमा योजना पर्ने विध्यालयहरुमा उर्लाबारी-४ को सृजना आधारभुत विध्यालय, उर्लाबारी-१ को नुनसरी आधारभुत विध्यालय, उर्लाबारी-२ को सरस्वती मावि र उर्लाबारी-३ को दुर्गामाविमा ६ लाख ५० हजारका दरले २६ लाख बराबरको योजना परेको नगरपालिकाले जनाएको छ ।

गत पुष महिनामा उर्लाबारी नगरपालिका भरिका विध्यालयहरु मध्येबाट छनौट भएका १२ विध्यालयलाई नगरपालिकाले कार्यक्रममा समावेश गराउन पठाएको थियो त्यसमध्ये हाल पालिकाका ८ वटा विध्लयालयमा योजना पर्न सफल भएको नगर प्रमुख खड्ग फागोले बताए । साथै उनले कार्यक्रमले उर्लाबारीका विध्यालयहरुको भौतिक अवस्थामा सुधार आउनुका साथै शैक्षिक गुणस्तरमा  समेत सुधार पुग्ने अपेक्षा रहेको बताए ।

    

    देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय एकत ...

    शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

    शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक र ...

    सरकारले हटायो निजी शिक्षा र स्वास्थ्यमा ३% समता शुल्क सरकारले हटायो निजी शिक्षा र स्वास्थ्यमा ३% समता शुल्क

    प्रधानमन्त्री बालेन शाहले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क हाललाई लागू नगर्ने निर् ...

    हाम्रो बारेमा

    • Fatafat News and Network Pvt. Ltd.
    • Belbari, Morang, Nepal
    • Email: [email protected]
    • कम्पनी दर्ता : २८७९७२/०७८/०७९
    • सूचना तथा प्रसारण बिभाग : ३३६६-२०७८/७९
    • प्रेस काउन्सिल दर्ता नं. : ३३६०-२०७८/७९
    • विज्ञापनका लागि सम्पर्क
    • +977 ९८६९२५६२४४ / ९८१९०९४५०१

    हाम्रो टीम

    • प्रबन्धक निरज चौधरी
    • सम्पादक मिलन कुमार खवास
    • सम्बादाता पारस सुवेदी, शंकर खत्री

    हाम्रो फेसबुक पेज