मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान सुमो जीप दुर्घटना भएको छ। दुर्घटनामा सात घाइते भएका छन् भने तीन जनाको मृत्यु भएको छ। 

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको जिप त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

घाइतेलाई उद्धार गरी हेटौंडा अस्पताल ल्याइएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डिएसपी काफ्लेले बताए।