भोजपुर जिल्लाका ९ वटै स्थानीय तहमा श्रम संस्कृति पार्टीले आफ्नो पहिलो स्थापना दिवस मनाएको छ।

पार्टी स्थापना भएको एक वर्ष पूरा भएको अवसरमा जिल्लाका सबै स्थानीय तहमा श्रमदान अभियानसँगै कोणसभाको आयोजना गरी स्थापना दिवस मनाइएको हो।

स्थापना दिवसका अवसरमा आयोजित श्रमदान अभियानमार्फत सामूहिक श्रम र सामाजिक सेवाको सन्देश प्रवाह गरिएको थियो। त्यसैगरी आयोजित कोणसभामा पार्टीको एकवर्षे यात्रा, उद्देश्य तथा आगामी गतिविधिका विषयमा चर्चा गरिएको थियो।

जिल्लाका ९ वटै स्थानीय तहमा एकैसाथ स्थापना दिवस मनाउँदै पार्टीले आफ्नो सङ्गठनात्मक गतिविधिलाई समेत अघि बढाएको जनाएको छ।