नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको पाँचौं खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै विजयी भएको छ।
जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो। जितका लागि पाएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे।
जसमा मोइन अलीले अर्धशतकीय पारी खेल्दै अविजित ५८ रन बनायो । मोइन प्रतियोगितामा अर्धशतक हिर्काउने तेस्रो खेलाडी समेत बने। यस्तै शैफ हसनले नटआउट ४० रनको योगदान गरे। यी दुबै ब्याटरबीच ७९ रनको साझेदारी समेत भयो।
काठमाडौंका रिपोन मोन्डलले १ विकेट हात पारे। यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भयो।
जसमा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। जनकपुरका राहुल यादबले ४ विकेट झारे।












