मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट बेलबारीस्थित मालपोत कार्यालयमा लेखापढी व्यवसाय गर्दै आएका ५१ वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको छ।
उर्लाबारी नगरपालिका–८, गंगटे निवासी थापालाई कात्तिक १० गते साँझ करिब ६ बजे उर्लाबारी चोकबाट दक्षिणतर्फ जाँदै गर्दा पूर्वबाट आएको फूलबडी ट्रकले ठक्कर दिएको थियो।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको शव मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ भने प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।












