सुनसरीको इटहरीस्थित धरान लाइनमा ट्रकबाट टायल झार्ने क्रममा टायलले च्यापिएर दुई जना कर्मचारी घाइते भएका छन्। इटहरीको धरान लाइनस्थित आर्मी क्याम्प नजिकै रहेको सोमानिया टायल पसलमा ट्रकबाट टायल झार्ने क्रममा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते भएका दुई कर्मचारीमध्ये एक जनाको हातमा चोट लागेको छ भने अर्का एकको खुट्टामा चोट लागेको बताइएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार घाइते दुवै जनाको हलगढास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

घाइतेहरूको परिचय तथा घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको डीएसपी हमालले जानकारी दिए।