पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा स्वागत गरेका छन्।

मदन भण्डारी फाउन्डेसनको आयोजनामा बुटवलमा सुरु भएको दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ उद्घाटनका लागि भण्डारी मंगलबार बुटवल आएकी हुन्।

एमालेले भण्डारीलाई पार्टीको वरिष्ठ नेताका रूपमा मनोनयन गरेपछि उनी पहिलोपटक रुपन्देही आएकी हुन्। यस अवसरमा एमाले रुपन्देही जिल्ला कमिटीले स्वागत तथा सम्मान कार्यक्रमसमेत आयोजना गरेको थियो।

कार्यक्रममा एमालेका जिल्ला तथा प्रदेशस्तरका नेता, जनप्रतिनिधि तथा कार्यकर्ताको सहभागिता थियो। भण्डारीले मंगलबार बुटवलमा आयोजित भलिबल प्रतियोगिताको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।