नेपाली कांग्रेस सभापति गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका छन्। कांग्रेस सभापति रहेका थापा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।
उनको उम्मेदवारीविरुद्ध कसैको प्रतिस्पर्धा नपरेपछि उनी सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएको सचिन तिमल्सिनाले जानकारी दिए।
यता कांग्रेस उपसभापति विश्व प्रकाश शर्मा भने झापा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भए। शर्माले ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएको युवा नेता मिलन तिमल्सिनाको भनाइ छ।
तिमल्सिनाका अनुसार त्यहाँ ७१० जना मतदाता थिए।









