ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९५२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
आइतबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १२०, सिसिटिभीमार्फत ५६, रातो बत्तीमा ६७ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्र गतिमा १५२, हर्न निषेधमा २८, लेन क्रसमा ४३, अवस्था ठिक नभएको ३४, एकतर्फीमा १२ र अन्यमा ४४२ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।












