उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भीमामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.प्र ०५-००२ प २४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-७ बेल्टार बजार बस्ने २८ वर्षीय मौसम राईको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।