सांसद नीता घतानीले दलित समुदायमाथि भइरहेको विभेद र बहिष्कार अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधिसभामा बोल्दै उनले माइतीघर मण्डलामा दिपा नेपाली ३१ दिनदेखि सत्याग्रह बसिरहेको उल्लेख गर्दै यो केवल कोठाको विषय मात्र नभई दलित समुदायमाथि वर्षौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार माथि उठेको समाजको यथार्थ रहेको बताइन्।
उनले भनिन्, ‘दिपा नेपाली माइतीघर मण्डलामा सत्याग्रह वा धर्ना बसेको आज ३१ दिन हुँदैछ। यो कोठको विषय मात्र होइन यो दलित समुदायमाथि वषौंदेखि थुपारिँदै आएको निषेध, विभेद र बहिस्कार हो।’
उनले राज्यमा दलित समुदायका लागि अवसर, सम्मान र पहुँच अझै खाली रहेको यथार्थ प्रश्न रहेको बताइन्।
‘राज्यमा दलित समुदायको लागि अवसर, सम्मान र समान पहुँच अझै छैन्। हामीले संविधानमा समानता, सामाजिक न्याय, दलितको हकको विषय राख्यौ छुवाछुत राष्ट्रमुक्त घोषणा पनि गर्यौं तर व्यवहारमा अझै फरक देखिन्छ,’ उनले भनिन्।
उनले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिए पनि समाजमा अझै फरक व्यवहार नदेखिएको बताइन्।




















