झापाको दमक नगरपालिका वडा नम्बर–८ स्थित लक्ष्मीमार्ग घर भएका बैंकर पिताम्बर खड्का मृत भेटिएका छन्। सोमबार साँझ ४२ वर्षीय खड्का आफ्नो घरको भूइँतलामा झुन्डिएको अवस्थामा मृत भेटिएको झापाका एसपी वसुन्धरा खड्काले बताइन्।
मृतक खड्का ग्लोबल आइएमई बैंकको विराटनगर शाखामा शाखा प्रबन्धकको रूपमा कार्यरत थिए। उनले सामाजिक सञ्जाल फेसबुकमा चार जनाको फोटो पोष्ट गरेर उनीहरूकै कारण ‘आत्मघाती’ कदम चालेको उल्लेख गरेका छन्। मृतकले दिपचन्द्र रेग्मी, अनामिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको सामूहिक फोटो सार्वजनिक गरेका हुन्।
पोस्टमा उनले उनीहरूकै कारण आफू आत्मघाती कदम चाल्न बाध्य भएको आशय व्यक्त गरेका। उनले नाम उल्लेख गरेका मध्येका सुरेन्द्र रेग्मी ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ हुन्।
कोठामा रहेको सिलिङ फ्यानको हुकमा डोरीको पासो लगाएर झुन्डेको अवस्थामा शव निकालेर पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको एसपी खड्काले जानकारी दिइन्। घटनाबारे परिवारका सदस्यहरूसँगको समन्वयमा अनुसन्धान भइरहेको छ।’




















