प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक मंगलबार अपराह्न ४ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

बैठकमा समसामयिक विषय, सरकारका कामकारबाहीको अवस्था तथा विभिन्न प्रशासनिक र नीतिगत विषयमा छलफल हुने कार्यसूची रहेको छ।