राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले प्रतिनिधि सभा बैठकमा प्रयोग गरेका केही शब्द संसद्को आधिकारिक अभिलेखबाट हटाइएको छ।
सभामुख डोलप्रसाद अर्यालले बिहीबार सदनलाई जानकारी दिँदै गत वैशाख २९ गतेको बैठकमा पराजुलीले प्रयोग गरेका दुई वटा अभिव्यक्ति अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिइएको बताए।
सभामुखका अनुसार बैठकका क्रममा प्रयोग गरिएका ‘भरौटेहरू’ तथा ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो’ भन्ने अभिव्यक्ति संसदीय मर्यादा अनुकूल नभएको ठहर गर्दै रेकर्डबाट हटाउने निर्णय गरिएको हो।
यसअघि उक्त अभिव्यक्ति हटाउन माग गर्दै ऐन महरले प्रतिनिधि सभाको बैठकमा आपत्ति जनाएका थिए।




















