प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध दायर भएको अदालतको अवहेलना मुद्दामा वारेस राख्न सर्वोच्च अदालतले अनुमति दिएको छ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र शान्तिसिंह थापाको इजलासले शुक्रबार यस्तो अनुमति दिएको हो। यससँगै अब बालेनका तर्फबाट वारेसले मुद्दाको तारेख धाउन सक्नेछन्।

यसअघि हिन्दी चलचित्र प्रशारणमा रोक लगाउने तत्कालीन मेयर (काठमाडौं महानगरपालिका) बालेनको निर्णय कार्यान्वयनमा उच्च अदालत पाटनले रोक लगाएको थियो।

तर, आदेश पालना नगरेको भन्दै वर्षाकुमारी झाले बालेनविरुद्ध अदालतको अवहेलना मुद्दा दायर गरेकी थिइन्।