संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ। प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ। समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता भएको थियो।