प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने,‘नेपालमा लामो समयदेखि एउटा भाइरस छ। त्यो भाइरसबाट बच्नु भन्न चाहान्छु। त्यो भाइरस के हो भने नातावाद कृपावाद, चापलुसीवाद र चाकडीवाद हो। यो चाँही भाइरस नै हो। यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह जब नाबालक राजा हुनुभयो ,त्यो बेलादेखि सुरु भएको अझैसम्म छ। २००७ सालको क्रान्ति ,४६ सालको क्रान्ति र ६३ सालको जनआन्दोलन हुँदा पनि यो भाइरसले छोडेको छैन। अहिलेको नयाँ सरकार र नयाँ सांसदहरु यो भाइरसबाट मुक्त हुन प्रयास गर्नुपर्यो। आफ्नो आफन्तलाई कुनै पदमा नियुक्त गर्यो भन्ने सुन्न नपरोस्।’