नेकपा एमालेकी सांसद टुकाभद्र हमालले प्रधानमन्त्री बालेन्द्र शाहले समानुपातिक सांसदमाथि विभेद गरेको भन्दै संसदमा प्रश्न उठाएकी छिन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्री बालेन शाहले प्रत्यक्ष निर्वाचित सांसदहरूसँग मात्रै भेटेर विकास निर्माणको कुरा राख्ने अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरिन्। "प्रधानमन्त्रीबाट प्रत्यक्ष निर्वाचित माननीयलाई भेट दिएर विकास निर्माणका कुरा राख्ने अवसर दिनुभएको छ। प्रत्येक्ष निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएर आएका सांसदहरूबीच किन विभेद ? समानुपातिक प्रणालीबाट निर्वाचित माननीयहरू उक्त अवसरबाट किन वञ्चित ?" उनको प्रश्न छ।
उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्रीमन्त्री रमेश लेखकको रिहाको माग समेत गरेकी छिन्।




















