राष्ट्रियसभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन्। उनीहरूले सभा अध्यक्ष नारायण दाहालसँग पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति पूजा चौधरी, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति जयन्तीदेवी राई, विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
यसअघि मङ्गलवार बसेको सम्बन्धित समितिको छुट्टाछुट्टै बैठकले सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो।




















