मोरङ-३ मा सबैभन्दा बढी भूमिको समस्या भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले भूमिको समस्यालाई एक नम्बरमा राखेर काम गर्नुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

‘एक जना आमा हुनुहुन्छ। २०३५ सालमा १७ वर्षको हुँदा हजुरबबुा, बुवा र आमासँगै मोरङ-३ मा झर्नुभएको। धनीपुर्जा आउला भन्दा भन्दै उहाँको हजुरबुबा, बुबा र आमा बितिसक्नुभयो। अहिले उहाँको पनातिनी छन्’ कार्कीले भने।

पाँच पुस्तासम्म पनि भूमिको समस्या समाधान हुन नसकेको र अन्यत्र पनि यस्तो समस्या रहेको भनेर उनले भनेका छन्, ‘भूमिको समस्यालाई एक नम्बरमा राखौँ।’