बालेन्द्र शाह नेतृत्वको संघीय सरकारका सदस्यहरूको मर्यादाक्रममा हेरफेर गरिएको छ।

गत चैत १३ गते गठित शाह नेतृत्वको मन्त्रिपरिषद्मा दुई साता नहुँदै वरीयता तलमाथि गरिएको हो।

राष्ट्रपतिको कार्यालयले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो वरीयता पाएका छन्।

तर चैत १३ मा तेस्रो वरीयता पाएका गृहमन्त्री सुधन गुरुङ नयाँ वरीयताको पाँचौँ स्थानमा पुगेका छन्। उता सुरूमा चौथो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल तेस्रो वरीयतामा आएका छन्।

cabinet-1775545491