पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान प्रयोजनका लागि दुवैजनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको उच्च स्रोतले जनाएको छ।
उक्त प्रकरणमा देउवा दम्पत्तीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको विषयमा अनुसन्धान हुने जनाइएको छ। हाल भने उनीहरू नेपालबाहिर छन्।




















