पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सार्वजनिक यातायातमा पनि भाडा वृद्धि भएको छ। यातायात व्यवस्था विभागका अनुसार मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले मूल्य वृद्धि नभइ समायोजनमात्रै भएको बताए।
यात्रुवाहकमा १६।७१, पहाडी बाटोमा सञ्चालन हुने मालवाहकमा २१.६८ र तराई मालबाहकमा १५.७५ प्रतिशतले भाडा वृद्धि भएको हो।




















