मोरङ क्षेत्र नं. ३ का नेकपा एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार इरन कुमार राईले आफू पराजति भए पनि वडा वडामा पार्टी कार्यकर्ताहरूलाई भेटघाट गरेर मतदाता र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गररिहेका छन् । कतिपय उम्मेदवारहरू निर्वाचनका बेला भोट माग्न मात्र जाने, तर त्यसपछि कहिल्यै फर्किएर मतदाताहरूकोमा नजाने जनगुनासो सुनिँदै आएकोले जनताको उक्त गुनासोको सम्बोधन गर्न र आफूहरूले उठाएका मुद्दा र योजनाहरू ठिक/बेठिक खुट्याउन वडा वडा पुगेको कुरा राईले बताए । यो नर्विाचनको मतपरिणामबाट हतोत्साही नबन्न र जनतासँग निरन्तर सम्पर्कमा रहन सुझाव आएको पनि राईले बताए । 

WhatsApp Image 2026-03-16 at 8.23.19 PM

WhatsApp Image 2026-03-16 at 8.23.18 PM (1)

पथरी–शनिश्चरे नगरपालिकाको वडा नं. १० बाट सुरु गरेर पथरी–शनिश्चरेको आठओटै वडाहरू र बेलबारी नगरपालिकाको आठओटै वडा गरी आजसम्म १६ ओटा वडाहरूमा भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम सम्पन्न भएको छ । आज बेलबारी ८ मा उक्त कार्यक्रम सम्पन्न भएको एमाले बेलबारी ८ का वडा कमिटी अध्यक्ष विमल लिम्बूले बताए । 

WhatsApp Image 2026-03-16 at 8.23.18 PM

यही चैत चार गते कानेपोखरी र चैत पाँच र छ गते सुन्दरहरैँचाका वडाहरूमा सोही कार्यक्रम रहेको तथा चैत्र सात गते बेलबारी नगर पार्टी कार्यालयमा मोरङ क्षेत्र नं. ३ स्तरीय सपापन कार्यक्रम रहेको एमाले बेलबारी नगर पार्टी अध्यक्ष शङ्कर गुरुङले जानकारी गराए ।

वडा कमिटीको भेलामार्फत वडा वडाका मतदाताहरू, कार्यकर्ता र आर्थिकलगायतका सहयोगीहरूलाई राईले धन्यवाद ज्ञापन गर्दै आएका छन् । 

WhatsApp Image 2026-03-16 at 8.23.19 PM (1)