बेलबारी । मोरङको बेलबारी ११ मा अवस्थित शैक्षिक क्षेत्रको नक्षत्र माउन्ट एभरेष्ट इङ्लिस बोर्डिङ स्कूलले आफ्नो २६औँ अभिभावक दिवस तथा विभिन्न प्रतिभा खोजमूलक प्रतियोगिताहरूको ‘ग्रान्ड फिनाले’भव्यताका साथ सम्पन्न गरेको छ। प्याब्सन मोरङका अध्यक्ष समेत रहेका दूरदर्शी शिक्षासेवी तथा विद्यालयका प्रिन्सिपल जगत बस्नेतको कुशल र ओजपूर्ण नेतृत्वमा सञ्चालित यस विद्यालयले फागुन २९ र ३० गते दआयोजना गरेको यो दुई दिने प्रतिभाको महाकुम्भले विद्यालयको गरिमालाई जिल्लास्तरमै एक नयाँ उचाइ प्रदान गरेको छ।

WhatsApp Image 2026-03-16 at 7.46.39 PM (1)

अत्यन्तै उत्साहजनक र हर्षोल्लासपूर्ण माहोलका बीच सम्पन्न डान्सिङ आइडल, सिङ्गिङ स्टार, चित्रकला र हस्तलेखन जस्ता प्रतियोगिताहरूमा विद्यार्थीहरूले आफ्नो जादुमयी प्रतिभा प्रदर्शन गर्दा उपस्थित हजारौँ अभिभावक र अतिथिहरू मन्त्रमुग्ध बनेका थिए। सिनियरतर्फको ‘डान्सिङ आइडल’मा समृद्धिका खत्रीले आफ्नो उत्कृष्ट र जादुमयी नृत्य कौशल देखाउँदै ११ हजार रुपैयाँ पुरस्कार सहित ुविजेताुको उपाधि चुमेर सबैलाई चकित पारिन्। त्यस्तै, एज्लेना राईले ९ हजार रुपैयाँ सहित प्रथम रनर–अप र जेविना गुरुङले ८ हजार रुपैयाँ सहित द्वितीय रनर–अप बन्दै आफ्नो अद्वितीय प्रतिभाको लोहा मनाएका छन्। चित्रकलाको रङ्गीन संसारमा रिन्चेन तामाङले ६ हजार रुपैयाँ पुरस्कार सहित स्वर्ण सफलता हात पार्दा अंकिता तामाङ र एलिना रायमाझीले पनि आफ्नो कलात्मक जादूले सबैको मन जित्न सफल भए।

WhatsApp Image 2026-03-16 at 7.46.39 PM (2)

वर्षकै सबैभन्दा प्रतिक्षित र गरिमामय ‘स्टुडेन्ट अफ द इयर २०८२’ को उपाधि सरोज दाहालले हात पार्दै विद्यालयकै सबैभन्दा चम्किलो ताराको रूपमा आफूलाई स्थापित गरेका छन्। उनले १३ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्दा एलिना रायमाझी र सुजल अधिकारीले पनि क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्दै आफ्नो बौद्धिक क्षमताको प्रमाण दिए। हस्तलेखन विधामा कक्षा ६ की रिहाना न्यौपानेले आफ्नो सुन्दर र कलात्मक अक्षरको जादु छर्दै प्रथम स्थान हासिल गरिन् भने मनिया बस्नेत र टीका देवी घिमिरेले पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रशंसा बटुले। जुनियर विधातर्फ पनि गायनमा रियासा श्रेष्ठ, नृत्यमा रिजु राई रिजाल र चित्रकला तथा हस्तलेखन दुवै विधामा स्वस्तिका राईले दोहोरो सफलता हात पार्दै माउन्ट एभरेष्टको भविष्य अत्यन्तै उज्ज्वल रहेको सन्देश दिएका छन्।

WhatsApp Image 2026-03-16 at 7.46.39 PM

यस विशेष र ऐतिहासिक समारोहमा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको गौरवमय उपस्थिति रहेको थियो। डाँगीहाट खानेपानीका अध्यक्ष शिव कुमार राई, न्यु जन एकता सहकारीका अध्यक्ष नरेन्द्र बस्नेत, पाथीभरा टोल विकासकी अध्यक्ष सुनीता आचार्य, स्वास्थ्य चौकी इन्चार्ज पुनम गदाल र फिल्म निर्माता ज्योतिराज राई जस्ता अतिथिहरूको गरिमामय उपस्थितिले कार्यक्रमको रौनकतामा थप सुगन्ध थपेको थियो । 

WhatsApp Image 2026-03-16 at 7.46.40 PM

प्याब्सन मोरङको नेतृत्व सम्हाल्दै आएका र शिक्षा क्षेत्रमा अमूल्य योगदान पुर्‍याउनुभएका प्रिन्सिपल जगत बस्नेतको सही मार्गनिर्देशनकै कारण माउन्ट एभरेष्ट स्कूलले केवल किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीहरूलाई हरेक विधामा अब्बल, साहसी र नेतृत्वदायी भूमिकामा तयार पारिरहेको छ। यो भव्य सफलताले विद्यार्थीहरूमा नयाँ जोस र आत्मविश्वास भरेको छ भने आफ्ना बालबालिकाहरू स्टेजमा विजेता बनेर चम्किएको देख्दा अभिभावकहरू समेत गर्वले गद्गद् भएका छन्। विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीहरूको प्रतिभालाई विश्वस्तरमा चिनाउने यस्ता सिर्जनशील र ओजपूर्ण कार्यक्रमहरूलाई अझै परिष्कृत र भव्य बनाउँदै लैजाने संकल्प गरेको छ।