मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९, नेवारपानीमा शुक्रबार बिहान ट्रक र कन्टेनर ठोक्किँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा कन्टेनर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, चितवनबाट हेटौँडातर्फ आइरहेको कन्टेनर र हेटौँडाबाट चितवनतर्फ गइरहेको ट्रक एकापसमा ठोक्किँदा सर्लाहीको बरहथवा नगरपालिका–१५, पिपराभिट्टाका चालक गोविन्द चौधरीको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई हेटौँडास्थित चुरेहिल अस्पताल पुर्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए।



















