डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सायल गाउँपालिका-२ ग्वानीकी १६ वर्षीया एलिना सिंहको मृत्यु भएको हो। एलिनाको घर पोत्ने माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर मृत्यु भएको हो।
उनलाई स्थानीयको सहयोगमा मृत अवस्थामा निकालिएको हो। घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पुगेको छ।




















