कैलालीका चारवटा निर्वाचन क्षेत्रमा जितिसकेको रास्वपाले क्षेत्र नम्बर २ मा केपी खनालको विजयसँगै क्लिन स्वीप गरेको छ।
क्षेत्र नम्बर २ मा खनालले ७ हजार १०८ मतको भारी मतान्तरले प्रतिद्वन्द्वीलाई हराउँदै विजय भएका हुन्। खनालले १९ हजार ५७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति नेपालका पतिराम चौधरीले ११ हजार ९४९ मतमा खुम्चिएका हुन्।
यो क्षेत्रमा एमालेका सूर्यबहादुर थापाले ७,८८६ मतसहित तेस्रो स्थानमा झरेका छन्। कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत प्राप्त गरे। नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४३६९ मत ल्याए। यो यो क्षेत्रमा १ लाख ७०५७ मतदाता रहेकोमा ५६ हजार ७७० मत खसेको थियो।




















