नेपाली काँग्रेसको आधिकारिकताको दाबी गर्दै गगन थापा नेतृत्वको टोली निर्वाचन आयोग पुगेको छ।
आजै मात्र शेरबहादुर देउवा नेतृत्वको काँग्रेस नै आधिकारिकता भएको दाबीसहित पूर्णबहादुर खड्का, डा. शेखर कोइरालालगायत नेताहरू आयोग पुगेका थिए।
उनीहरू फर्किएपछि गगन थापा, विश्व प्रकाश शर्मासहितका नेताहरू आयोग कार्यालय पुगेका हुन्।
आयोगले उनीहरूलाई विधि र पद्धतिमार्फत निर्णय आउने बताएको थियो। त्यस्तै, बिहीबारमात्रै गगन थापासहितले पार्टीको विशेष महाधिवेशन सम्पन्न भएको र विवरण अद्यावधिक गरी पाउँ भन्दै आयोगमा विवरणसहित निवेदन बुझाएको थियो।




















