सिन्धुलीको एसबिआई बैंक लुटपाट भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
मंगलबार राति साढे ७ बजेतिर घ्याङलेख गाउँपालिका वडा नम्बर ५ मा रहेको एसबिआई शाखा बैंकमा ६ जनाको अज्ञात समूहले लुटपाट गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीका अनुसार ३ करोड १० लाख रुपैयाँ लुटपाट भएको थियो।
लुटिएको रकममध्ये एक करोड ८० लाख रुपैयाँ नजिकैको जंगलमा फालिएको अवस्थामा बोराभित्र फेला परेको एसपी सुवेदीले जानकारी दिए।
बाँकी रकम र यस घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको पनि उनले बताए।
‘६ जनाको समूह गाडीमा आएको र खुकुरी देखाएको भन्ने कुरा छ। खुकुरी बरामद भइसकेको अवस्था होइन,’ एसपी सुवेदीले भने, ‘पक्राउ परेका चार जनालाई कार्यालय ल्याइँदैछ।’
लुटपाट गर्न पुगेको अज्ञात समूहले बैंकका सुरक्षा गार्डमाथि हतियार प्रहार गरेको खुलेको छ।




















