नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौंमा चलिरहेको छ। 

आइतबार उद्घाटन भएको महाधिवेशनको सोमबार बन्दसत्र चलिरहेको छ। बन्दसत्र भृकुटीमण्डपस्थित हलमा चलिरहेको छ।

बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रस्ताव प्रस्तुत गरेका छन् भने गगन थापाले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरिरहेका छन्।

बहुमत महाधिवेशन प्रतिनिधि विशेषमा आएको आयोजकको दाबी छ। महाधिवेशनमा विभिन्न सांगठनिक र राजनीतिक निर्णय हुनेछन्।