प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँती र धरान उपमहानगरपालिकाका प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङबीच आइतबार लामो भेटवार्ता भएको छ।
धरानको रमाइलो चोकस्थित होटल ह्वाइट डोभमा भएको भेटमा देशको वर्तमान राजनीतिक तथा आर्थिक संकट र त्यसको निकासका उपायबारे गम्भीर छलफल भएको किरातीले जानकारी दिएका छन्।
साम्पाङसँगको छलफल सकारात्मक रहेको र संवाद जारी राख्ने सहमति भएको उनले बताए।
भेटका क्रममा समसामयिक राष्ट्रिय राजनीतिका चुनौती, राज्यको कार्यदिशा तथा जनताको बढ्दो असन्तोषका विषयमा समेत विस्तृत समीक्षा गरिएको थियो।
छलफललाई निरन्तरता दिने र आवश्यक परे आपसी सहकार्य गर्ने विषयमा समेत सहमति बनेको किरातीले बताए।




















