आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा २ हजार रुपैयाँले घटेर २ लाख ६५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार सुन तोलामा २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा १ सय रुपैयाँ घटेर ४ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलामा ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको थियो।



















