राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।

आज बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले भेटवार्ता गरेका हुन्। भेटका क्रममा उनले लामिछानेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन्।

यही पुस २७ गते राप्रपाले राष्ट्रिय एकता दिवसका रूपमा पृथ्वी जयन्ती मनाउँदै छ। त्यस अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ।

यसका २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका बारेमा पनि छलफल भएको बताइएको छ।