विराटनगर । राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विरोध निर्वाचित भएका छन्।
कोशी प्रदेशको अन्यतर्फको कोटामा नेकपाका हेमराज घिमिरे उम्मेदवारी दर्ता गर्न नआएपछि थापा निर्विरोध निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भीष्मराज प्रसाईंले जानकारी दिए ।थापाले कांग्रेस र नेकपा एमालेको गठबन्धनमा उम्मेदवारी दिएका हुन्।
राष्ट्रिय सभाको निर्वाचन आगामी माघ ११ गते हुँदैछ।




















