कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस-नेकपा एमाले गठबन्धनका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

गठबन्धन अन्तर्गत एमालेबाट दलित तर्फ सोम पोर्तेल र महिला तर्फ रोशनी मेचेले मनोनयन दर्ता गरेका छन्। अन्य तर्फ कांग्रेस उम्मेदवार सुनिल थापाले मनोनयन दर्ता गरेका छन्।

मेचेको प्रस्तावक शोभा चेम्जोङ  र समर्थक सृजना राई छन्। पोर्तेलको समर्थक छवि चुँडाल र प्रस्तावक एकराज कार्की छन्। सुनिल थापाको प्रस्तावक उद्धव थापा समर्थकमा रेगिना भट्टराई छिन्।