बेलबारि । मोरङको बेलबारीमा आगामी पुस २५ गतेदेखि ‘दोस्रो बेलबारी महोत्सव २०८२’ सुरु हुने भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र स्वावलम्बी अर्थतन्त्र निर्माणको लक्ष्यसहित बेलबारी उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्न लागेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने महोत्सवको तयारी यतिबेला अन्तिम चरणमा पुगेको छ । 

‘स्थानीय उत्पादनलाई प्राथमिकता–स्वावलम्बी अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ मोरङको बेलबारीमा दोस्रो संस्करणको महोत्सव सुरु हुने भएको छ । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा पुस २५ गतेदेखि माघ ५ गतेसम्म चल्ने यस महोत्सवले स्थानीय आर्थिक विकास र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास गरिएको छ । बुधबार बेलबारीमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले महोत्सवको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् ।

यसपटक ३ लाखभन्दा बढी दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयाजकको रहेको छ ।  महोत्सवबाट हुने आम्दानीबाट करिब ४० लाख रुपैयाँ बचत गर्ने र त्यसलाई संघको आफ्नै भवनमा बहुउद्देश्यीय सभाहल निर्माणमा खर्च गर्ने हाम्रो लक्ष्य छ ।

DSC04600

महोत्सवमा कुल ६३ वटा व्यापारिक स्टलहरू रहनेछन् । जसमा कृषि, पशुपक्षी, औद्योगिक उत्पादन, हस्तकला र विभिन्न सवारी साधनहरूको प्रदर्शनी गरिनेछ । विशेषगरी स्थानीय उत्पादनलाई प्राथमिकता दिइने यस महोत्सवमा आगन्तुकहरूका लागि विभिन्न जातजातीका मौलिक परिकार र मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति समेत रहनेछ ।

कोशी प्रदेश सरकारले घोषणा गरेको ‘पर्यटन वर्ष २०८२’ लाई सफल बनाउन यो महोत्सवले एउटा शो–केसको काम गर्नेछ । यसले आन्तरिक र बाह्य पर्यटकलाई बेलबारीका पर्यटकीय क्षेत्रसँग जोड्ने हाम्रो विश्वास छ । 

महोत्सवको मुख्य प्रायोजक आरजु राईस मिल रहेको छ भने चौधरी ग्रुप, पीएलओ र द रिभर ओभरसिज लगायतका संस्थाहरूले सह–प्रायोजन गरेका छन् । कोशी प्रदेशको आर्थिक गतिविधि चलायमान बनाउन र स्थानीय व्यापारीहरूको मनोबल उच्च राख्न यो महोत्सव कोसेढुङ्गा सावित हुने आयोजकको अपेक्षा छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारलाई समेत बोलाइने भएको छ ।