रौतहटमा नक्कली नेपाली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत बिहार राज्य पूर्वी चम्पारण, कुण्डवा चैनपुर ग्राम पञ्चायतका २३ वर्षीय जय प्रकाश कुमार, रौतहटको देवाही गोनाही नगरपालिका-४ का २१ वर्षीय गोनालाल राउत र २० वर्षीय अजय पटेल छन्।
मंगलबार अपराह्न जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले ईशनाथ नगरपालिका–४ लतमरीस्थित नेपाल–भारत सिमानाकाबाट एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर०५एटी ०९८३ नम्बरको मोटरसाइकललाई नियमित चेकजाँच गर्दा नोट बरामद भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट १ हजार रुपैयाँ दरका १ सय १८ थान नक्कली नेपाली नोट फेला परेको छ भने, नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




















