भोजपुरको हतुवागढी गाउँपालिका–६ होम्ताङमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना घाइते भएका छन्। दुर्घटनामा चालक सञ्जीव राई र स्वास्थ्य शाखा प्रमुख जयकुमार राई गम्भीर घाइते भएका हुन्।
प्रदेश १–०२–००१ झ ०७३७ नम्बरको हतुवागढी गाउँपालिकाको एम्बुलेन्स दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार बिरामीलाई होम्ताङ पुर्याएर घोडेटार फर्किने क्रममा बिहान करिब पौने दश बजेको समयमा दुर्घटनामा परेको हो।
घाइतेलाई थप उपचारमा जिल्ला बाहिर पठाउने तयारी भइरहेको वडाध्यक्ष सुरेशकुमार राईले जानकारी दिए।




















