जेनजी आन्दोलनका नाममा सरकारी र व्यक्तिका सम्पत्ति तोडफोड आगजनी र लुटपाटका घटनामा संलग्न थप ८ जना पक्राउ परेका छन्।

मोरङ प्रहरीले भदौ २४ गते रंगेलीमा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा सरकारी कार्यालयहरूमा तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न रहेको आरोपमा मोरङ प्रहरीले ८ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रंगेली नगरपालिका ३ का भुपाल भण्डारी(रंगेली ७ का आनन्द साह रंगेली ४ का रमेश कुमार मण्डल ,रंगेली-३ रूपक गौतम, रुपेश यादव ,समीर क्षेत्री ,दोर्जे प्रतीक तामाङ, गणपत यादव रहेका छन्।

मोरङ जिल्ला अदालत, विराटनगरबाट ‘आपराधिक उपद्रो’ मुद्दामा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरूको खोजतलास तीव्र पारेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको विशेष प्रहरी टोलीले मंसिर १५ गते उनीहरूलाई आ-आफ्नो घरमा लुकिछिपी बसेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

पक्राउ परेका सबै आरोपितहरूलाई हाल जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।