झापाको अर्जुनधारा नगरपालिका-८ शनिश्चरे बजार बस्ने रमेश खनाललाई करिब ३ लाख रुपैयाँ बराबरका पटकासहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले रमेशले सोही ठाउँस्थित संचालन गरेको कोल्ड सेन्टरको गोदाम तलासी गर्दा उक्त पटका फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।