नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा दुई हजार चार सय रुपैयाँले बढेर दुई लाख ४० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

आइतबार सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी ९५ रुपैयाँले बढेर तीन हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदी तीन हजार १२५ रुपैयाँमा कारोबार भएको थियो।