तिहार नजिकिँदै गर्दा सयपत्री फूलको माग बढ्न थालेको छ। विस्तारै माग बढ्दै जाँदा व्यावसायिक रुपमा फूलखेती गर्ने किसानहरूमा उत्साह थपिँदै गएको छ।

भरतपुर महानगरपालिका– ८ गौरीगञ्जमा गोरखाबाट चितवन आएर बुधबहादुर गुरुङले विगत पाँच वर्षदेखि व्यावसायिक रुपमा यो सयपत्री उत्पादन र बजारीकरण गर्दै आएका छन्।

उनले भने, ‘मैले पुष्प व्यवसाय गरेको १० वर्ष भयो। अहिले सयपत्री खेती गरेको पाँच वर्ष भयो। राम्रो आम्दानी दिने गरेको छु।’ गौरीगञ्जमा १८ कठ्ठा र वरपर गरी एक बिघा भन्दाबढी क्षेत्रफलमा उनले सयपत्री फूलखेती गरेका छन्। सुरुवाती वर्षमा राम्रो आम्दानी लिन नसके पनि अहिले सयपत्री फूलबाट आफू सन्तुष्ट रहेको उहाँले बताउनुभयो।

जग्गा भाडामा लिएर व्यावसायिक रुपमा फूलखेती गर्दा सयपत्रीबाट मात्रै मनग्य आम्दानी हुने उनको भनाइ छ।